मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २५ बिहीबार ११:४९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

‘अर्काे वर्षको अप्रिलअघि खोपको आशा नगर्नुस्’ : प्रमुख अनुसन्धानकर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २५ बिहीबार ११:४९:००

कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षणको निरीक्षण गरिरहेका प्रमुख अनुसन्धानकर्ताले एक वर्षअघि खोपको आशा नगर्दा हुने बताएका छन् ।

वैज्ञानिकहरूले अर्काे  वर्षको अप्रिल वा मेअघि कुनै खोपले कोरोना भाइरस संक्रमण हुनबाट बचाउँछ वा बचाउँदैन भनेर थाहा नपाउने बताएका हुन् ।

न्युयाेर्क विश्वविद्यालयका खोप केन्द्रका निर्देशक डा. मार्ग मुलिगनले एक वर्षको समयसमेत निकै चमत्कारी रहेको बताएका छन् । ‘वर्षौं लागेर हुने काम हामी महिनामै गरिरहेका छौँ,’ डा. मुलिगनले भनेका छन् ।

मुलिगनले फर्मास्युटिकल कम्पनी फाइजर इंक र बायोटेक एसईसँग खोप परीक्षणका लागि काम गरिरहेका छन् । कोरोना भाइरसविरुद्धको खोप ‘कोरोना संक्रमितमै’ परीक्षण पहिलोपटक न्युयाेर्क विश्वविद्यालयअन्तर्गतको ग्रोसम्यान औषधि विद्यालय र म्यारिल्यान्ड विश्वविद्यालयमा भएको छ ।फाइजर इंक र बायोटेकले पनि जर्मनीमा संक्रमितमाथि खोप परीक्षण थालेको छ ।

यो हप्ता संक्रमितहरूलाई खोप लगाइएको छ । ‘पहिलो चरणको परीक्षणले यो खोप सुरक्षित छ वा छैन भनेर मात्रै पत्ता लगाउनेछ, यसका लागि पनि तीनदेखि चार महिनाको समय लाग्छ,’ डा. मुलिगनले भनेका छन् ।

तीन–चार महिनाको समयपछि खोपले संक्रमणबाट जोगाउन शरीरमा एन्टिबडीको उत्पादन गर्छ वा गर्दैन भन्ने परीक्षण हुन्छ । त्यसका लागि पनि केही समय लाग्ने डा. मुलिगनले बताएका छन् । 

(एजेन्सी)