१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख २५ बिहीबार १०:५९:००
Read Time : < 1 मिनेट
समाचार

आँप टिप्ने क्रममा रूखबाट लडेर बालकको मृत्यु, नहरको डिलमा युवाको शव भेटियो

Read Time : < 1 मिनेट
२०७७ बैशाख २५ बिहीबार १०:५९:००

मोरङमा आँपको रूखबाट लडेर एक बालकको मृत्यु भएको छ । 

विराटनगर– १७ मटेरुवाका एक बालकको बुधबार साँझ आँप टिप्न रूख चढ्ने क्रममा लड्दा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले १३ वर्षीय मोहम्मद इरफानको आँपको रूखबाट लडेर मृत्यु भएको जानकारी दिए ।

स्थानीय बासिन्दाले बालकलाई रूखबाट लडेर बेहोस भएको अवस्थामा रूखको फेदमा फेला पारेका थिए । 

उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

नहरको डिलमा भेटियो युवाको शव 
मोरङ बेलबारी– ७ स्थित नहरको डिलमा एक युवाको शव भेटिएका छ । 

कानेपोखरी गाउँपालिका– १ होक्लाबारीका का १८ वर्षीय आयुश गिरीको शव नहरको डिलमा भेटिएको हो । 

शव पोष्टमार्टमका लागि मंगलबारे अस्पताल उर्लाबारी पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

स्थानीयले भने मृतक गिरीको शरीरका विभिन्न अंगमा चोटपटक देखिएकाले हत्या भएको आशंका गरेका छन् ।

मृतक गिरीसहित केही युवाहरू राति अबेरसम्म हल्ला गर्दै हिँडिरहेकाले आफ्नै साथीहरूसँग झगडा हुँदा उनको मृत्यु भएको हुन सक्ने स्थानीयको अनुमान छ । 

प्रहरीले भने पोेष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसक्ने जनाएको छ ।