मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ बैशाख २५ बिहीबार ०६:२५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोरोना निस्तेज पार्न ‘एन्टिबडी’ को आशा

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ बैशाख २५ बिहीबार ०६:२५:००

कोरोना भाइरस (कोभिड–१९)लाई जित्न सक्ने ‘मोनोक्लोनल एन्टिबडी’ (एन्टिबडी ४७डि११) वैज्ञानिकहरूले प्रयोगशालामा तयार पारेका छन् । यसको सहयोगबाट कोरोनाको उपचार हुने तथा महामारी फैलनबाट रोकिने उनीहरूको अपेक्षा छ । 

मोनोक्लोनल एन्टिबडी प्रयोगशालामा सिर्जना गरिने त्यस्तो प्रोटिन हो, जसले शरीरभित्रका भाइरस र ब्याक्टेरियासँग लड्न सक्ने अन्य प्रोटिन पैदा गर्छ ।

नेदरल्यान्ड्सस्थित युट्रेच विश्वविद्यालयको प्रयोगशालामा गरिएकोे ‘सेल कल्चर’ परीक्षणमा उक्त एन्टिबडीले कोरोना भाइरसलाई मत्थर पार्न सफल भएको छ । उक्त एन्टिबडी कोरोना संक्रमणको उपचारका लागि उपयोगी साबित हुन सक्ने आशा वैज्ञानिकहरूमा देखिन्छ ।

कोरोनाबाहेकका रोगका लागि पनि विभिन्न औषधिसँग संयुक्त वा एकल रूपमा सो एन्टिबडी उपयोगी हुने दाबी नेचर कम्युनिकेसन जर्नलमा छापिएको रिपोर्टमा उल्लेख छ ।

के हो मोनोक्लोनल एन्टिबडी ?

मोनोक्लोनल एन्टिबडी प्रयोगशालामा सिर्जना गरिने त्यस्तो प्रोटिन हो, जसले शरीरभित्रका भाइरस र ब्याक्टेरियासँग लड्न सक्ने अन्य प्रोटिन पैदा गर्छ । यस्तो एन्टिबडीले मानव शरीरमा भएको रोग प्रतिरोधात्मक प्रणालीलाई सहयोग पु¥याउँछ, जसका कारण शरीरभित्र प्रवेश गर्ने भाइरस निश्तेज हुन्छन् । एन्टिबडीले शरीरका विभिन्न भागमा रहेका भाइरसका प्रोटिनलाई पहिचान गरी मत्थर बनाउँछ ।

मोनोक्लोनल एन्टिबडी यसअघि पनि केही औषधिसँगको संयुक्त प्रयोगबाट क्यान्सर निदानमा उपयोगी भएको विज्ञहरू बताउँछन् । इबोलाको निदानमा पनि अन्य दुई एन्टिबडी थोरापी प्रभावकारीसिद्ध भएका थिए ।

कसरी गर्छ काम ?

- ‘एन्टिबडी ४७डि११’ले, कोरोना शरीरभित्र छिर्न दिने ‘स्पाइक प्रोटिन’लाई लक्षित गर्छ र यो भाइरसका प्रोटिनलाई मत्थर पार्छ । युट्रेच विश्वविद्यालयले गरेको अध्ययनमा उक्त एन्टिबडीले कोभिड–१९ मात्र नभई ‘सार्स कोरोेना’विरुद्ध पनि काम गर्ने देखिएको छ । यस्ता एन्टिबडी प्रायः प्रयोगशालामै बन्छन् ।

- वैज्ञानिकहरूले यस एन्टिबडीलाई मानव शरीरका लागि उपयुक्त हुने गरी तयार गर्न थालेको नेचर कम्युनिकेसन जर्नलमा उल्लेख छ ।

- प्रयोगशालामा प्रभावकारी देखिएको उक्त एन्टिबडी ‘क्लिनिकल’ रूपमा प्रयोग गर्दा कत्तिको प्रभावकारी रहन्छ र त्यसले कोरोनाविरुद्ध कसरी लड्न सक्छ भन्ने हेर्न बाँकी रहेको अध्ययनमा संलग्न भाइरोलोजिस्ट डा. बेरेन्ड जोन बोस र उनका सहकर्मीले उल्लेख गरेका छन् ।

तस्बिर ः फोर्ब्स डटकमबाट