१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ बैशाख २४ बुधबार १८:०१:००
Read Time : < 1 मिनेट
विश्व

जर्मनीमा विद्यालय र पसल खोल्ने तयारी 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख २४ बुधबार १८:०१:००

जर्मनीमा जनजीवनलाई सामान्य बनाउन सरकारले कार्ययोजना तयार पारेको छ । कोरोना भाइरसको महामारीका कारण केही सातादेखि लकडाउन गरिएको जर्मनीले बिस्तारै प्रतिबन्धहरु हटाउने गरी योजना तयार बनाएको हो । 

योजनाअनुसार देशभरका विद्यालय तथा सबै पसलहरु खोलिने छ । गत अप्रिल २० बाट गरिएको आशिंक लकडाउन निकै प्रभावकारी भएको र नयाँ संक्रमणका घटनाहरु निरन्तर घट्दै गएको भन्दै सरकारले देशका व्यवसाय र विद्यालयहरु खोल्ने रणनीति बनाएको हो ।  

परीक्षाको तयारीमा रहेका बालबालिकाका लागि विद्यालयहरु हाल सञ्चालनमा आइसकेका छन् । तर शिशु कक्षा र प्राथमिक विद्यालयहरु अर्को साताबाट खुल्नेछन् । जर्मन चान्सलर एन्जेला मर्केल र जर्मनीका १६ वटा संघीय राज्यका प्रमुखहरुले बुधबार विद्यालय र व्यवसाय खोल्ने सम्बन्धी एक दस्तावेजमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ । विश्वविद्यालयहरु खोल्ने विषयमा भने सम्बन्धित राज्यले नै निर्णय गर्नेछन् । 

यसपछि सबै किसिमका पसलहरु खोल्न सकिने तर सरसफाइ, सामाजिक दुरीजस्ता विषयलाई ध्यान दिन आग्रह गरेका छन् । हालसम्म जमिनको सतहबाट आठ हजार वर्गमिटरसम्म रहेका पसलहरु मात्र खोल्न अनुमति दिइएको छ ।

रेस्टुरेन्टहरु आगामी मे ९ बाट खोल्न सकिने तर त्यससम्बन्धी अधिकार सम्बन्धित राज्यलाई दिइएको छ । यदि सात दिनभित्र प्रति एक लाख जनसंख्यामा ५० जनाभन्दा बढी नयाँ संक्रमित भेटिए सम्बन्धित नगर वा जिल्लामा लकडाउन गरिने पनि बताइएको छ । 

हालसम्म त्यहाँ एक लाख ६५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्, भने छ हजार नौ सय मानिसले ज्यान गुमाएका छन् ।