Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २४ बुधबार १७:२२:००
मुख्य समाचार

प्रधानमन्त्रीसँग कांग्रेस सभापति देउवाका यस्ता छन् तीन माग

नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २४ बुधबार १७:२२:००

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन माग राखेका छन् । देउवाले ओलीलाई टेलिफोन गरेर विशेष ध्यानाकर्षण गराउँदै तत्काल कार्य गर्न–गराउन माग गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

देउवाले अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य रहेको स्मरण गराएका छन् । केन्द्रीय सरकारले उद्धार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन प्रधानमन्त्रीसमक्ष सभापतिले आग्रह र माग गरेको उनले जानकारी दिए । 

देउवाका  तीन माग
१. नेपालगन्जमा युद्धस्तरमा परीक्षण व्यापक रूपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्न । साथै देशभर पिसिआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न ।

२. कुवेत सरकारको सेल्टरमा राखिएका करिब तीन हजार एवं मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्नेबारे सरकारले व्यवस्थित योजना बनाएर क्रमशः कार्यान्वयन गर्न ।

३. सीमानाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि अझै कैयौँले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने व्यवस्था मिलाउन ।