कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाबाट प्रहरीले ठूलो मात्रामा अवैध मदिरा नियन्त्रणमा लिएको छ ।
दुई स्थानीय तहका विभिन्न ठाउँबाट करिब आठ हजार लिटर मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
बोतलमा सिलप्याक गरिएको अवैध मदिरा नियन्त्रणमा लिएको उनले बताए ।
नियमित गस्तीका क्रममा बेवारिसे अवस्थामा उक्त मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ ।
अवैध घरेलु मदिरा नष्ट गरिएको र विभिन्न कम्पनीको सिलप्याक गरिएको मदिरा करदाता सेवा कार्यालय लम्कीलाई बुझाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
लकडाउनको वेला बजारहरू बन्द रहे पनि लुकिछिपी मदिराको कारोबार हुने गरेको छ ।