मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ ११ शुक्रबार १६:५८:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकाको विरोध र भेनेजुएलाको समर्थन गर्न प्रचण्डको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ११ शुक्रबार १६:५८:००

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको समर्थनमा विज्ञप्ति जारी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको सत्तालाई अवैधानि भनेपछि विपक्षी नेता हुँवा गुएयदोले आफूलाई दाबी गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले अमरिकी कदमको भत्र्सना गरेको हुन् ।' हुँवा गुएयदोले आफूलाई राष्ट्रपति घोषणा गर्नु र अमेरिकी लगायतका देशहरुले उसको समर्थन गर्नु एक डिजाइन अन्तर्गत भएको घटना हो', विज्ञप्तिमा उल्लेख छ । 

अमेरिकाको कदम संयुक्त राष्ट्र संघको चार्टर र शान्तिपूर्ण सहअस्थित्वको सिद्धान्त विपरीत रहेको प्रचण्डले भनाइ छ । उनले अमेरिकी कदमको विरोध र भेनेजुएलाको समर्थन गर्द पनि सबैसँग आग्रह गरेका छन् ।

भनेजएलमा हिंसा र प्रदर्शनका क्रममा शुक्रबारसम्म २६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति मदुरोले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र वाणिज्यदूतावास बन्द गर्ने घोषणा गरेका छन् भने अमेरिकी कुटनीतिज्ञहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिएका छन् ।  

भेनेजुएलामा उत्पादित एक तिहाई इन्धन संयुक्तराज्य अमेरिका निकासी हुने गर्दछ । विश्लेषकहरुले तेल आयातमा कुनै किसिमको नाकाबन्दी लगाइए त्यसले अमेरिकी अर्थतन्त्रमा समेत असर पर्ने बताएका छन् । रुसी, मेक्सिको, क्युबा र बोलिभियाका बामपन्थी सरकारहरुले निकाेलाेसकाे समर्थन गरेका छन् ।