Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कोल्सन ह्वाइटहेड, अमेरिकी लेखक
एजेन्सी
२०७७ बैशाख २४ बुधबार ०७:०५:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी लेखकलाई दोस्रोपटक पुलित्जर पुरस्कार

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख २४ बुधबार ०७:०५:००

अमेरिकी लेखक कोल्सन ह्वाइटहेडले एकै विधामा दोस्रोपटक आख्यानतर्फको पुलित्जर पुरस्कार हात पारेका छन् । फ्लोरिडाको किशोर सुधार विद्यालयमा विद्यार्थीमाथि गरिने दुव्र्यवहारमाथि लेखिएको उपन्यास ‘द निकेल ब्वाइज’का लागि ह्वाइटहेडले सन् २०२० को पुलित्जर पुरस्कार जितेका हुन् । ‘न्युयोर्कर’ म्यागेजिनमा आबद्ध उनले आफ्नो पुस्तक ‘द अन्डरग्राउन्ड रेलरोड’का लागि सन् २०१७ मा पनि पुलित्जर पुरस्कार पाएका थिए ।

उनीभन्दा अगाडि बुथ टार्किङ्टन, विलियम फल्क्नर, जोन अपडाइकले मात्र एकै विधामा दोस्रोपटक पुलित्जर पुरस्कार पाएका थिए । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण केही साता पुलित्जर पुरस्कार रोकिएको थियो । पुलित्जर प्रशासक डेना केनडीको निवासबाटै पुरस्कार घोषणा भएको हो ।

त्यसक्रममा उनले पहिलो पुलित्जर पुरस्कार वितरणको सेरोफेरोमा पनि स्पेनिस फ्लुको विश्वव्यापी महामारी फैलिएको स्मरण गरिन् । यो पुरस्कार अमेरिकी पत्रकार र लेखकहरूका लागि सर्वोच्च सम्मान मानिन्छ । पत्रकारिताका १५ विधासहित पुस्तक, नाटक र संगीततर्फका पुरस्कार घोषणा गरिएको हो । ब्रेकिङ न्युजतर्फ दी कुरियर जर्नलका पत्रकारले पुरस्कार पाएका छन् ।