मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख २३ मंगलबार १९:३१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

उदयपुरको भुल्केका ६ जना कोरोना संक्रिमत निको भए

Read Time : < 1 मिनेट
२०७७ बैशाख २३ मंगलबार १९:३१:००

विराटनगरमा उपचार गराइरहेका उदयपुरका २८ जना कोरोना संक्रमितमध्ये ६ जना निको भएका छन् ।

विराटनगर– १० स्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका उदयपुरका २८ जनासहित ३१ जना कोरोना संक्रमितमध्ये ६ जना निको भएका हुन् । उनीहरूलाई बुधबार अस्पतालले डिस्चार्ज गर्न लागेको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

मन्त्री घिमिरेले भने, ‘निको भएका ६ जनालाई बुधबार बिहान ८ बजे डिस्चार्ज गर्न लागिएको छ ।’ निको भएकाहरू सबै उदयपुरको भुल्केस्थित मस्जिदबाट ल्याइएका १३  जनामध्येका हुन् । पछिल्लो तीनपटकसम्म उनीहरूको स्वाबको रिपोर्ट नेगेटिभ आएको कोसी अस्पताल प्रमुख डा. संगीता मिश्राले बताइन् ।

निको भएर डिस्चार्ज हुन लागेकाहरू सबै ३० देखि ३४ वर्ष उमेर समूहका छन् । डिस्चार्ज हुने सबैलाई विराटनगरको रानीस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिनेछ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. मिश्राले जानकारी दिइन् ।