मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २३ मंगलबार १९:००:००
Read Time : < 1 मिनेट
समाचार

कोरोनाबाट बच्न विज्ञको सुझाव उपयोगी : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २३ मंगलबार १९:००:००

राप्रपा अध्यक्ष कमल थापाले कोरोना भाइरस महामारीबाट बच्न धैर्यता, आत्मसंयम र अनुशासन आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष थापाले पछिल्लो समयमा यस विषयमा विज्ञहरूको सुझाव सकारात्मक, उपयोगी र व्यवहारिक हुने भन्दै अब संक्रमित र प्रभावित क्षेत्रको वर्गीकरण गरेर जनजीवन र अर्थतन्त्रलाई क्रमशः सामान्य बनाउँदै लैजानु पर्ने पनि बताए ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राप्रपा गैरसरकारी संस्था समन्वय विभागले पार्टी अध्यक्ष कमल थापालाई मकवानपुर जिल्लाका लागि ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ । विभागका प्रमुख कुन्ती पोखरेलले अध्यक्ष थापालाई १० थान थर्मल गन हस्तान्तरण गरेका हुन् । अध्यक्ष थापाले सामग्रीहरू मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने बताए ।

कार्यक्रममा राप्रपा जनजाति विभागका नेता रामबहादुर थोकरले एक हजार मास्कसमेत अध्यक्ष थापालाई हस्तान्तरण गरे । स्वास्थ्य सामग्री तत्काल हेटौँडा पठाइने राप्रपा युवा नेता राजाराम बर्तौलाले जानकारी दिए । गैरसरकारी संस्था महासंघ र विभागले यसअघि पनि यस्ता सहयोगहरू गर्दै आएको छ ।