१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख २३ मंगलबार १६:०५:००
Read Time : < 1 मिनेट
समाचार

एम्बुलेन्सको ठक्करबाट सहायक हवल्दारको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ बैशाख २३ मंगलबार १६:०५:००

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगङगा नगरपालिका ९, शंकरपुरमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिकाको पहलमानपुरस्थित शसस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत प्रहरी सहायक हवल्दार गोरख ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक ऐर घोडाघोडी नगरपालिका १० का बासिन्दा हुन् ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको से १ च १८२८ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आइरहेको म २ प ५३०३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। प्रहरीका अनुसार ओमसाई अस्पताल धनगढीको उक्त एम्बुलेन्स धनगढीबाट बिरामी बोकेर काठमाडौ जाँदै थियो ।

मोटरसाइकल चलाइरहेका घोडाघोडी नगरपालिका वडा नम्वर १० का भरत बोहरा घाइते भएका र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।