मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ बैशाख २३ मंगलबार १५:०७:००
Read Time : < 1 मिनेट
समाचार

सुनसान कैलाश मानसरोवर तीर्थयात्रा

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ बैशाख २३ मंगलबार १५:०७:००

यो मौसममा नेपालगन्ज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तीर्थयात्रीका कारणले निकै चहलपहल हुने गर्थ्याे । तर, यो वर्ष कोरोना भाइरसका कारणले भएको लकडाउनले अहिले सुनसानजस्तै बनेको छ ।

हुम्लाको सिमकोट हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर दर्शन गर्न भारतीय तीर्थयात्री घुइँचो लाग्ने गर्थ्याे । मानसरोवर कैलाश दर्शन गर्न जाने मुख्य बाटो हुम्लाको नाम्खा गाउँपालिकाको हिल्सा नाका भएकाले हरेक वर्ष जेठ महिनादेखि भारतीय नागरिकलगायत अन्य देशका नागरिक हुम्लाको सिमकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्न जाने गरेका थिए ।

तीर्थयात्रा जाने पर्यटककाे यो मौसममा चहलपहल निकै हुने गरेको होटेल संघ हुम्लाका सचिव विनोद लामाले बताए । ‘यो मौसममा कैलाश मानसरोवर जाने तीर्थयात्रीहरूले होटेल बुकिङका लागि केही पर्यटक आइसक्थे,’ उनले भने, ‘यो वर्ष कोरोनाका कारणले चौपट हुने भएको छ ।’ 

कैलाश मानसरोर जाने अधिकांश हिन्दू र बौद्ध धर्मावलम्बी हुने गरेका, ती पनि भारतीय बढी आउने गरेकोमा अहिलेको लकडाउनका कारणले तीर्थयात्रा जाने मान्छे नै नहुने अवस्था आएको लामाले बताए ।

‘होटेल व्यवसाय चौपट भएकाे छ,’ उनले भने, ‘लकडाउनले अर्थतन्त्र पनि चौपट हुने भयो ।’ कैलाश मानसरोवर यात्रा गर्ने भारतीय नागरिकले करिब २४ दिनको तीर्थयात्रामा एक लाख १५ हजार भारतीय रुपैयाँ खर्च गर्ने गरेको भारतीय गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा करिब २५ हजार भारतीय नागरिकले नेपालको बाटो भएर कैलाश मानसरोवरको यात्रा गरेका थिए । 

कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीले नेपालको नेपालगन्ज हुँदै हुम्ला र दार्चुलाको लिपुलेक र भारतकाे सिक्किम नाथुला क्षेत्रबाट जाने गरेका थिए ।