मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २३ मंगलबार १४:२५:००
Read Time : < 1 मिनेट
समाचार

विप्लवलाई अर्काे धक्का, पोलिटब्युरो सदस्य शर्मा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ बैशाख २३ मंगलबार १४:२५:००

नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता देशभर पक्राउ पर्दै गर्दा अर्का शीर्ष नेता पक्राउमा परेका छन् ।

पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । 

उनी पार्टीका प्रकाशन विभाग प्रमुखसमेत हुन् । गृह मन्त्रालय स्रोतले शर्मालाई चितवनबाट नियन्त्रणमा लिएको पुष्टि गरेको छ । 

सरकारले प्रतिबन्ध गरेको उक्त दलसँग आबद्ध नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गर्दै आएको छ । 

शर्मा पक्राउसँगै विप्लव नेतृत्वको नेकपालाई अर्काे धक्का लागेको छ । 

विप्लव नेतृत्वको नेकपामालाई सरकारले प्रतिबन्ध लगाएकाे छ ।