१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख २३ मंगलबार ०९:५९:००
Read Time : < 1 मिनेट
अर्थ

कोरोना नियन्त्रण कोषमा इप्पानकाे ७६ लाख सहयोग

Read Time : < 1 मिनेट
२०७७ बैशाख २३ मंगलबार ०९:५९:००

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले स्थापना गरेको सरकारी कोषमा सहयोग गर्न स्वतन्त्र ऊर्जा उत्पादक संस्था इप्पानले ७५ लाख ९८ हजार ५ सय ३८ रुपैयाँ जम्मा गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूका तर्फबाट उक्त कोषमा १ करोड १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता आएकोमा हाल इप्पानको खातामा उक्त रकम जम्मा भइसकेको बताइएको छ । 
लकडाउनका कारण खातामा रकम जम्मा हुन समय लागेको इप्पानले जनाएको छ ।

प्रतिबद्धता आएको सम्पूर्ण रकम जम्मा भइसकेपछि सरकारी खातामा जम्मा गरिदिने इप्पानको भनाइ छ ।  इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईं, उपाध्यक्ष कुमार पाण्डे, महासचिव आशिष गर्गलगायत कार्यसमितिमा रहेका पदाधिकारी तथा कार्यसमितिबाहिरका पदाधिकारीसमेतको पहलमा सहयोग रकम संकलन गरिएको इप्पानले जानकारी दिएको छ ।