मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २३ मंगलबार ०९:५५:००
Read Time : < 1 मिनेट
अर्थ

मेगा र सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा छुट 

मेगा बैंकका ग्राहकले पाउनेछन् १० प्रतिशत छुट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ बैशाख २३ मंगलबार ०९:५५:००

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् । मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले दराजबाट सामान खरिदमा १० प्रतिशत छुट पाउने भएका हुन् । 

मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकलाई सहज र सुरक्षित रूपमा घरमै सामान पु-याउने सम्झौता भएको छ । डिजिटल बैंकिङअन्तर्गत नगदविहीन कारोबारलाई बढावा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको जनाएको छ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रूपमा विनाझन्झट घरमै बसी सामान खरिद गर्न बैंकले ग्राहकहरूलाई अनुरोध पनि गरेको छ । 

सानिमाका ग्राहकलाई प्रत्येक सोमबार छुट

सानिमा बैंक लिमिटेड र दराज प्रालिबीच अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । सानिमा बैंकको कार्ड प्रयोगकर्ताले सोमबारका दिन डेबिट वा क्रेडिट कार्डमार्पmत सपिङ गर्दा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउनेछन् । 

२२ वैशाखदेखि लागू भएको यस सम्झौतामा सानिमा बैंकका डिजिटल बैंकिड प्रमुख विक्रम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो एलेरिङले हस्ताक्षर गरेका थिए । यस योजनाले ग्राहकहरू डिजिटल बैंकिङप्रति आकर्षित हुने बैंकले विश्वास लिएको छ । 

सानिमा बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्ने तथा नवीकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली–टेलिफोन बिल भुक्तानीलगायतका डिजिटल बैंकिङ सुविधाहरू प्रदान गर्दै आइरहेकोे जनाएको छ ।