मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख २३ मंगलबार ०६:२२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोभिड–१९ र सार्स कोभिडबीच भिन्नता

Read Time : > 1 मिनेट
२०७७ बैशाख २३ मंगलबार ०६:२२:००

सन् २००३ मा देखिएको सार्स र हाल महामारीका रूपमा फैलिरहेको कोरोना एउटै प्रकृतिका भाइरस हुन् । सार्स कोभिड र कोभिड–१९ दुईवटै कोरोना भाइरस भए पनि लक्षण र संक्रमणका आधारमा फरक–फरक छन् ।

- कोभिड–१९ विभिन्न प्रकारका भाइरसको ठूलो समूह हो, जुन मानिस र थोरै जनावरमा पनि देखिएको छ । यो भाइरस विभिन्न किसिमको हुने गर्छ । ‘२२९ई’ र ‘एनएल ६३’ नामक अल्फा कोरोना भाइरस तथा ‘ओसी ४३’ र ‘एचकेयु १’ नामक बेटा भाइरस मानवमा सर्ने कोरोना भाइरसका मुख्य प्रकार हुन् । तर, कोरोना भाइरस हरेकपटक नयाँ प्रकृतिका रूपमा देखिन्छ र महामारीको रूप लिन्छ । पछिल्लो समय देखिएका मार्स कोभिड, सार्स कोभिड, सार्स कोभिड–२ र कोभिड–१९ त्यसको उदाहरण हुन् ।

पछिल्लो अध्ययनअनुसार, सार्स कोभिड र कोभिड–१९ जिनका आधारमा एक–अर्कासँग ७९ प्रतिशत मेल खान्छन् । सार्स कोभिड २००४ यता नदेखिए पनि कोभिड–१९ ले दुःख दिने विशेषज्ञहरूको अनुमान छ ।

- कोरोना भाइरस सामान्यतया चिसो मौसममा देखिन्छ । श्वास–प्रश्वासमा समस्या देखिनु यसको मुख्य लक्षण हो । विशेषगरी, जनावर हुँदै मानिसमा फैलिने यो भाइरसले प्रतिरोधी क्षमता कम भएका मानिसमा बढी असर पु-याउँछ । जनावर हुँदै मानिसमा देखिने कोरोना भाइरसलाई जुनोटिक संक्रमण पनि भन्ने गरिन्छ । 

- मानिसमा देखिने नयाँ भाइरसले प्रायः महामारीको रूप लिन्छ । मानव शरीरमा नयाँ प्रकृतिका भाइरससँग लड्ने क्षमताको विकास नहुने भएकाले यस्ता महामारीले बढी प्रभावित बनाउने गर्छन् । यसको उदाहरण सन् २००३ मा देखिएको सार्स, २०१२ मा देखिएको मार्स र २०१९ मा देखिएको कोभिड–१९ हुन् ।

- सार्स कोभिड सन् २००२ मा पहिलोपटक मानिसमा देखिएको थियो । सन् २००३ को मध्यतिर पत्ता लागेको यस भाइरसबाट संसारभरि करिब आठ हजार मानिस संक्रमित भएका थिए । श्वास–प्रश्वासमा समस्या देखिने यसको संक्रमण चमेरोबाट मानिसमा सरेको थियो । सुरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, थकान महसुस हुने, मांशपेसी दुख्ने र बिस्तारै श्वास–प्रश्वासमा समस्या आउने अनि मृत्यु हुने सार्सका लक्षण हुन् ।

दुईबीच भिन्नता

कोभिड–१९ र सार्स कोभिड दुवै कोरोना समूहका भाइरस भएकाले संक्रमणको प्रकृति र अधिकांश लक्षण उस्ताउस्तै देखिन्छन् । तर, यी दुई फरक भाइरस हुन् । सार्स कोभिडको तुलनामा कोभिड–१९ निकै खतरनाक मानिएको छ । कोभिड–१९ को संक्रमण भएकामध्ये करिब २० प्रतिशतलाई अत्याधुनिक मेडिकल उपचार आवश्यक हुन्छ । सार्स कोभिडका २० देखि ३० प्रतिशत बिरामीमा जटिलता देखिन्छ । कोभिड–१९ का बिरामीको मृत्युदर दुईदेखि तीन प्रतिशत छ ।

सार्स कोभिडको तुलनामा कोभिड–१९ छिटो फैलिने र शरीरमा तीव्र रूपमा असर गर्ने भएकाले यसको मृत्युदर बढी छ । अमेरिकाको रोग नियन्त्रण केन्द्रका अनुसार, कोभिड–१९ का बिरामीमा लक्षण नदेखिने वा जटिल भइसकेपछि मात्र लक्षण देखिने भएकाले मृत्युदर दिनानुदिन बढिरहेको छ । पछिल्लो अध्ययनअनुसार, सार्स कोभिड र कोभिड–१९ जिनका आधारमा एक–अर्कासँग ७९ प्रतिशत मेल खान्छन् । सार्स कोभिड २००४ यता नदेखिए पनि कोभिड–१९ ले दुःख दिने विशेषज्ञहरूको अनुमान छ ।