१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ बैशाख २३ मंगलबार ०६:२४:००
Read Time : < 1 मिनेट
प्रदेश

तीन दिनका लागि नेपालगन्ज निषेधित क्षेत्र

Read Time : < 1 मिनेट
२०७७ बैशाख २३ मंगलबार ०६:२४:००

नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बाँके प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । लकडाउनका वेलासमेत सर्वसाधारणले हिँडडुल गर्न नछाडेपछि उपमहानगरका २३ वटै वडा तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

उनले २३ देखि २५ वैशाखको मध्यरातसम्म लागू हुने गरी उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए । निषेधित क्षेत्र घोषणा भएको क्षेत्रका सर्वसाधारणलाई घरबाट बाहिर निस्कनसमेत निषेध गरिएको छ । कोरोना भाइरस संक्रमणको दरलाई न्यूनीकरण गर्न, संक्रमितहरूको कन्ट्र्याक ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन यस्तो गरिएको उपाध्यायको भनाइ छ । अति आवश्यक कामबाहेक अन्य कामका लागि तीन दिनसम्म घरबाट बाहिर निस्कन पाइने छैन,’ उनले भने ।

निषेधित क्षेत्रमा हिँडडुल गरेको पाइए कानुनबमोजिम कारबाही हुने सहायक प्रजिअ उपाध्यायले स्पष्ट पारे । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्र्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्यमा खटिने जनशक्तिबाहेक अन्य कसैलाई पनि बाहिर निस्कन अनुमति नदिइएको बताए । कोरोनाको संक्रमण दरलाई घटाइ सर्वसाधारणलाई कोरोनाबाट जोगाउन उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरिएको उनको भनाइ छ ।