मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ बैशाख २२ सोमबार १४:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राहत वितरणमा विवाद हुँदा हवाईफायर

Read Time : < 1 मिनेट
२०७७ बैशाख २२ सोमबार १४:४०:००

राहत वितरणमा विवाद हुँदा भीड तितरबितर पार्न सिराहाको मिर्चैयामा प्रहरीले गाेली चलाएको छ । मिर्चैया नगरपालिका– ७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको हो । 

वडा कार्यालय पुगेका प्रहरीले भीड तितरबितर गर्न नाै राउन्ड हवाईफायर गरेको हाे । प्रहरीले लाठीचार्ज पनि गरेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले ढुंगामुढा भएपछि हवाईफायर गरिएको बताए । 

वडा कार्यालयले राहतमा विपन्न परिवारलाई छाडेको भन्दै उनीहरूले दुई दिनदेखि वडा कार्यालय घेराउ गर्दै आएका थिए । घटनापश्चात् वडाध्यक्ष रामकुमार यादवले नाम छुटेका परिवारलाई राहत वितरण गरिने प्रतिबद्धता जनाएका छन् ।