मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २२ सोमबार ०९:५१:००
Read Time : > 1 मिनेट
अर्थ

सेभ द चिल्ड्रेनद्वारा सरकारलाई एक हजार सात सय ४३ पिपिई हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ बैशाख २२ सोमबार ०९:५१:००

सेभ द चिल्ड्रेनले नेपाल सरकारलाई कोभिड–१९ को संक्रमण रोक्न एक हजार सात सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य स्वास्थ्य सामग्रीहरू प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा सेभ द चिल्ड्रेनको नेपालस्थित राष्ट्रिय कार्यालयद्वारा मन्त्रालयलाई सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा मन्त्री ढकालले सुदृढ स्वास्थ्य सेवा र कोभिड– १९ को संक्रमण नियन्त्रणमा सेभ द चिल्ड्रेनको सहयोग फलदायी हुने बताए ।

सेभ द चिल्ड्रेनले उपलब्ध गराएका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसारका रहेका छन् । कोभिड– १९ को संक्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकारलाई मद्दत गर्ने र अतिसीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकासम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने प्राथमिकता रहेको सेभ द चिल्ड्रेनका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले बताइन् । 

नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरणका क्षेत्रमा सेभ द चिल्ड्रेन निरन्तर क्रियाशील रहने, स्वास्थ्यकर्मीलाई जीवन बचाउका सामग्रीहरू सहज रूपमा उपलब्ध गराउने र सहयोग गर्ने कार्यमा प्रतिबद्ध रहेकोसमेत उनले बताइन् ।

सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फन्डको आर्थिक सहायताप्राप्त परियोजनाहरूबाट संघीय, प्रादेशिक र स्थानीय सरकारमार्फत कोभिड– १९ सँग सम्बन्धित सेवाका लागि तत्काल आवश्यक पर्ने मेडिकल र अन्य सामग्री उपलब्ध गराई सहयोग गरिरहेको छ । 

साथै, सेभ द चिल्ड्रेन थप दुई हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)को खरिद प्रक्रियामा पनि रहेको छ । सेभ द चिल्ड्रेनले आफ्ना नियमित कार्यक्रमहरू र ग्लोबल फन्ड परियोजनामार्फत संघीय, प्रदेश तथा स्थानीय सरकारका सम्बन्धित मन्त्रालय तथा निकायसँगको सहकार्यमा मेडिकल र अन्य सामग्री प्रदान गरिरहेको छ । 

जसमा क्वारेन्टाइन केन्द्रहरू बनाउन सहयोग गर्ने, स्वास्थ्य तथा सरसफाइका सामग्रीहरू उपलब्ध गराउने, स्वाब संकलनबारे स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यकर्मीका लागि सहायक सामग्रीहरू जस्तै, इन्फ्रारेड थर्मोमिटर, एन९५ मास्क, कार्डियाक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, इसिजी मेसिनलगायत उपलब्ध गराएको छ ।