सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २७ शनिबार
  • Saturday, 11 July, 2020
२०७७ बैशाख २१ आइतबार १३:५५:००
समाचार

मन्त्री भट्टराईद्वारा आगलागी क्षेत्रको निरीक्षण

२०७७ बैशाख २१ आइतबार १३:५५:००

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका आगलागीपीडितलाई भेटेका छन्। आइतबार बिहान मन्त्री भट्टराईले आगलागी क्षेत्रको निरीक्षणसहित पीडितसँग भेटवार्ता गरेका हुन्। 

निरीक्षणपछि उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले आगलागीपीडितलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए।

क्षतिको विवरण अध्यनपछि पीडितलाई सरकारको तर्फबाट सहयोग गरिने उनको भनाइ थियो। ‘तीनै तहका सरकार तपाईंहरूको साथमा छ, विचलित नहुनुहोला,’ पीडितलाई सम्बोधन गर्दै उनले भने। 

मन्त्री भट्टराईसँगै ताप्लेजुङ पुगेका राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले बारम्बार हुने आगलागीका घटना दोहोरिन नदिन स्थानीय तहले प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिए। 

शुक्रबार राति फुङलिङस्थित पुरानो बैंकनजिक आगलागी हुँदा आठवटा घर जलेर नष्ट भएका थिए। आठ घरमा डेरा गरी बस्दै आएका २९ परिवारको आगलागीपछि बिचल्ली भएको छ।

आगलागीमा परी आठवटा कार्यालय पनि जलेको प्रहरीले जनाएको छ। आगलागीबाट साढे सात करोड रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।