१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २१ आइतबार ०९:४४:००
Read Time : < 1 मिनेट
अर्थ

मेगा बैंक र होम सप्लाइजबीच सम्झौता, घरायसी सामान अर्डर गर्दा १० प्रतिशत छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २१ आइतबार ०९:४४:००

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले अर्डर गरेको २४ घन्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् । बैंक र होम सप्लाइजबीच मेगा बैंकका ग्राहकलाई अर्डर गरेको २४ घन्टाभित्रै अत्यावश्यक घरायसी सामानहरू घरमै पु-याउने सम्झौता भएको हो ।

खाद्यान्न, घरायसी सामान, तरकारी, बेकरीलगायतका सामग्री खरिदमा ग्राहकले १० प्रतिशत अथवा बढीमा ५ सय रुपैयाँसम्म छुट पाउने सहमति पनि भएको बैंकले जनाएको छ । लकडाउनका समयमा ग्राहकलाई कुनै अप्ठ्यारो झेल्नुनपरोस् भनेर मेगा बैंकले यसअघि पनि औषधि र खाद्यान्नका लागि विभिन्न सेवाप्रदायकसँग सम्झौता गरिसकेको जनाएको छ ।

बैंकका ग्राहकले फुडमान्डु र किरानाबाट खाद्यान्न तथा घरायसी सामान प्राप्त गर्न सक्नेछन् भने केन फार्मेसीबाट औषधि तथा इजी केयरमार्फत औषधि र स्वास्थ्यसेवा घरमै बसेर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । अन्य कम्पनीसँग पनि सम्झौता गरेर ग्राहकलाई सहज तथा सुरक्षित रूपमा घरमै बसी डिजिटल तथा स्मार्ट मोबाइल बैंकिङबाट सामान खरिदको व्यवस्था मिलाइने बैंकको दाबी छ ।