मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २१ आइतबार ०९:५९:००
Read Time : > 1 मिनेट
अर्थ

बजेटको आकार नबढाउन विज्ञको सुझाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २१ आइतबार ०९:५९:००

आगामी आर्थिक वर्ष ०७७-७८ को बजेटको आकारलाई छरितो बनाउन अर्थविद्हरूले सुझाब दिएका छन् । ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’ले भिडियो कन्फरेन्समार्फत गरेको एक अन्तर्क्रियामा उनीहरूले ठूलो आकारको बजेट ल्याउने, तर खर्च नहुने प्रवृत्ति रहेको भन्दै आगामी आवको बजेटलाई ठूलो आकारको नबनाउन सुझाब दिएका हुन् ।

‘पछिल्ला सात वर्ष तुलना गर्ने हो भने बजेटको आकार १४ प्रतिशत बिन्दुले बढेको छ, तर खर्चको प्रवृत्ति उस्तै छ,’ उनले भने, ‘त्यसैले सरकारले आगामी आवको बजेट खर्च गर्न सक्ने गरी छरितो बनाउनुपर्छ ।’

अर्थविद् डा. विश्व पौडेलले ठूलो आकारको बजेट ल्याउने, तर विकास खर्च नगर्ने प्रवृत्ति रहेको भन्दै आगामी आवको बजेटबाट अनुशासनहीनता रोकिनुपर्ने बताए । ‘झ्याप्प ठूलो आकारको बजेट ल्याउने, चालू खर्च गर्ने, तर विकास खर्च नगर्ने प्रवृत्ति पुरानै हो,’ उनले भने, ‘अहिलेको स्रोत परिचालन र खर्चको अवस्थालाई हेर्दा सरकारले ११ खर्ब हाराहारीको मात्रै बजेट ल्याए पुग्छ । तर, १७ खर्ब १० अर्ब हाराहारीको बजेट ल्याउने देखिन्छ ।’ 

बजेटमा उल्लेख भएअनुसार वैदेशिक ऋण तथा अनुदान ल्याउन नसक्ने अनि विकास बजेट खर्च पनि नहुने दीर्घरोग अब हट्नुपर्ने डा. पौडेलले बताए । ‘आगामी आवमा ऋण तथा अनुदान प्राप्ति झन् चुनौतीपूर्ण बनेको छ, राजस्व पनि उल्लेख्य दरमा बढ्न सक्नेछैन,’ उनले भने, ‘त्यसैले सांसद विकास कोषलगायतका विभिन्न अनावश्यक खर्च कटौती गर्दै बजेटको आकार घटाउनुपर्छ ।’

योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि स्रोत जुटाउनसमेत चुनौती रहेको भन्दै छरितो बजेट बनाउन सरकारलाई सुझाब दिए । ‘पछिल्ला सात वर्ष तुलना गर्ने हो भने बजेटको आकार १४ प्रतिशत बिन्दुले बढेको छ, तर खर्चको प्रवृत्ति उस्तै छ,’ उनले भने, ‘त्यसैले सरकारले आगामी आवको बजेट खर्च गर्न सक्ने गरी छरितो बनाउनुपर्छ ।’

उनले अनावश्यक खर्च कटौती गर्न, कम उपयोग भएको क्षेत्रको बजेट बढी उपयोग हुने क्षेत्रमा रकमान्तर गर्न, वैदेशिक ऋणका दायरा बढाउन, आर्थिक वृद्धिका नयाँ स्रोत खोज्नलगायत सुझाब दिए ।