१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७५ माघ ११ शुक्रबार १४:१८:००
Read Time : < 1 मिनेट
समाचार

मुलुकभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ ११ शुक्रबार १४:१८:००

मुलुकभर मौसम बदली हुनका साथै केही भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुनुका साथै अधिकांश भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए ।

उनका अनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । राति देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै भोलि शनिबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि केही बढी नै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै जुम्लाको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री सेल्सियस छ ।