मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख २० शनिबार १८:२४:००
Read Time : < 1 मिनेट
समाचार

क्वारेन्टाइनमा बसेर विद्यालय सजावट

Read Time : < 1 मिनेट
२०७७ बैशाख २० शनिबार १८:२४:००

जुम्लाको गुठीचौर गाउँपालिका- ५ देपालगाउँस्थित कालिका प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका स्थानीयले विद्यालय सजावट गर्दै आएका छन् । लकडाउनको समयमा काठमाडौंबाट उद्धार गरी ल्याइएका १२ जनाले क्वारेन्टाइनमा बस्दै विद्यालय सजावट गर्दै आएका हुन् ।

गुठीचौर गाउँपालिकाले काठमाडौंबाट उद्धार गरी ल्याएका विद्यार्थी र मजदुरले कालिका प्राथमिक विद्यालयको घेराबारा, मैदान र शौचालय सरसफाइ, देवार तथा धुपीका बिरुवा रोप्न थालेका छन् । १५ वैशाखदेखि १४ दिनका लागि क्वारेन्टाइनमा बस्दै आएका रमेश देवकोटाका अनुसार क्वारेन्टाइनमा बसेर समय सदुपयोग गर्न बिग्रे, भत्केको मर्मत र सजावट गरिएको बताए ।क्वारेन्टाइनमा बसेर सामूहिक रूपमा सामाजिक दूरी कायम गरी विद्यालयभित्रका शौचालय बनाउने, विद्यालयको प्रांगणमा बिरुवा रोप्ने, सरसफाइ  गर्ने गर्दै आएको उनले बताए । 

१० चैत ०७६ देखि जुम्ला भित्रिएका एक हजार दुई सय ९२ मध्ये पाँच सय ५० जना क्वारेन्टाइनमा बसेका छन् भने पाँच सय ५८ जना होम क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा बसेर १४ दिनपछि चार सय ३९ जना घर फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । जिल्लामा अहिले सात सय ४४ बेडको क्वारेन्टाइन कायम गरिएको छ । 

पाँच सय एकजनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा अहिले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि एक सय ३८ जना स्वास्थ्यकर्मी परिचालन भएका छन् । लकडाउन उल्लंघन गर्ने अहिलेसम्म ६ सय २५ सवारीसाधन कारबाहीमा परेका छन् ।