मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख २० शनिबार १८:२४:००
Read Time : < 1 मिनेट
समाचार

ताप्लेजुङमा आगलागीबाट करिब आठ करोडको क्षति

Read Time : < 1 मिनेट
२०७७ बैशाख २० शनिबार १८:२४:००

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी हुँदा करिब आठ करोडबराबरको क्षति भएको छ । 

शुक्रबार राति करिब १० बजे सुरु भएको आगलागीबाट सात घर जलेका छन् । ती सात घरमा ३७ परिवार बसेका थिए ।  १२ वटा पसलसमेत जलेर नष्ट भएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलले बताए ।

आगलागीबाट करिब सात करोड ५७ लाख ३२ हजार सात सय रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा धेरै खेम केसीको दुई करोड ९५ लाख रुपैयाँको क्षति भएको प्रहरीले बताएको छ । 
 
पक्की घरहरूमा चन्द्रप्रसाद निरौला, खेम केसी र नेत्र कार्कीको घर जलेको निमित्त प्रहरी प्रमुख मोहन पोखरेलले बताए । अन्य पाँच कच्ची घर जलेका छन् । कच्ची घरमा ठगबहादुर कार्की, देवी भट्टराई, चन्द्रमाया लेछर्बो (लिम्बू), विष्णु केसी तथा राम शाहको घरमा पूर्ण क्षति भएको निमित्त प्रहरी प्रमुख पोखरेलले जानकारी दिए ।

राति २ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण पत्ता नलागेको पोखरेलले बताए । यसअघि सोही बजारमा चार वर्षअघि आगलागी भएको थियो । सदरमुकामको वीरेन्द्र चोक, सदरमुकाम प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो । 

राहत वितरण 
आगलागीपीडितलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले राहत वितरण गरेको हो । २५ परिवारलाई रेडक्रसले राहत वितरण गरेको रेडक्रसका सभापति इन्द्रबहादुर गुरुङले बताए ।