१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २० शनिबार ०८:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

शिक्षामन्त्री भन्छन्- २५ वैशाखपछि विद्यालय तहमा भर्ना प्रक्रिया सुरु गर्न सकिन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २० शनिबार ०८:५५:००

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आगामी २५ वैशाखपछि विद्यालय तहमा भर्ना प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् । शिक्षा मन्त्रालयले गठन गरेको परीक्षा समितिको प्रतिवेदन बुझेपछि मन्त्री पोखरेलले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा २५ गतेभित्र सार्वजनिक गर्न र त्यसपछि भर्ना प्रक्रिया सुरुको तयारी गर्न आग्रह गरेको स्वकीय सचिव पूरण केसीले बताए ।

२५ वैशाखपछि सामाजिक दूरी कायम गरी प्रक्रिया सुरु गर्न सकिने मन्त्री पोखरेलको सुझाब छ । गत ५ चैतसम्म कक्षा नौसम्मको वार्षिक परीक्षा सकिए पनि कोरोनाको जोखिम बढेपछि शैक्षिक संस्था बन्द भएकाले नतिजा सार्वजनिक भएको छैन ।