१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रधानमन्त्री इमरान खानसँगको भेटवार्तामा सभामुख असद कैसर
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १९ शुक्रबार १९:५१:००
Read Time : < 1 मिनेट
विश्व

पाकिस्तानका सभामुख कोरोना भाइरसबाट संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १९ शुक्रबार १९:५१:००

पाकिस्तानको तल्लो सदन राष्ट्रिय सभाका सभामुख असद कैसर कोरोना भाइरस कोभिड– १९ बाट संक्रमित भएका छन् । बिहीबार परीक्षणका क्रममा कोरोना संक्रमण देखिएपछि कैसरले ट्विट गर्दै आफू घरमै क्वारेन्टाइनमा रहेको जानकारी गराएका हुन् । उनले देशवासीहरूलाई स्वास्थ्यलाभको कामनाका लागि समेत आग्रह गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उनका छोरा र छोरीमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । कैसरले २४ अप्रिलमा प्रधानमन्त्री इमरान खानसँग भेटघाट गरेका थिए ।

२२ अप्रिलका दिन प्रधानमन्त्री खानको पनि जाँच भएको थियो, तर उनमा कोरोनाको संक्रमण देखिएको थिएन । पाकिस्तानको सिन्ध प्रान्तका गभर्नरमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । पाकिस्तानमा अहिलेसम्म १७ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । तीमध्ये चार हजार निको भइसकेका छन् भने तीन सय ९१ को मृत्यु भइसकेको छ ।