मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १९ शुक्रबार १२:५८:००
Read Time : < 1 मिनेट
समाचार

राेल्पामा भएकाे बम विस्फोट घटनाको अनुसन्धान गर्न कांग्रेसको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १९ शुक्रबार १२:५८:००

नेपाली कांग्रेसले रोल्पामा बम विस्फोट भएर चार बालबालिकाको मृत्युसम्बन्धी घटनाको गहिरो अनुसन्धान गर्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरेर यस्ता बेवारिसे बम जहाँ भए पनि खोजेर निष्क्रिय पारेर नागरिकको जीवनलाई सुरक्षित बनाउन सरकारसँग आग्रह गरेको छ । 

रोल्पाको त्रिवेणी गाउँपालिकामा बिहीबार साँझ बम विस्फोटमा परेर ११ वर्षीया विमला खत्री, पाँच वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखिराम डाँगीको मृत्यु भएको घटनाले कांग्रेससँगै सिंंगो देश मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ । 

‘द्वन्द्वको दशकले छाडेका चोटहरू खाटा बस्न एकातर्फ अझै बाँकी छ, तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबैथरीलाई हृदयदेखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ,’ विज्ञप्तिमा भनिएको छ ।