मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १९ शुक्रबार ०७:२८:००
Read Time : < 1 मिनेट
अर्थ

कोरोनाले नेपाललाई विभिन्न अवसरसमेत दिएको छ :  सिइओ क्षत्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १९ शुक्रबार ०७:२८:००

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुँवर क्षत्रीले नेपालमा कोरोनाको संक्रमणको अवस्था तथा यसले आर्थिक क्षेत्रमा पार्ने प्रभावबारे चर्चा गर्दै यसले नेपालमा विभिन्न अवसरसमेत सिर्जना गरेको बताएका छन् ।

बोस्टन इन्टरनेसनल कलेजअन्तर्गत स्थापना भएको बिआइसी स्टार्टअप्सले  आयोजना गरेको ‘उद्यमशीलता बहस शृंखला’को नवौँ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी क्षत्रीले नेपाल अबको दिनमा कृषि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने, जनस्वास्थ्यको अवस्था सुदृढ गर्नुपर्ने, औषधिजन्य उद्योगमा आत्मनिर्भर हुनुपर्ने र डिजिटल अर्थतन्त्रमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।  

कृषि क्षेत्रमा विशेष जोड दिँदै उनले नेपालको कृषि क्षेत्रलाई ‘ग्ल्यामरको क्षेत्र’ बनाउनुपर्ने धारणा व्यक्त गरे । कोभिड–१९ ले ल्याएका समस्यामा थुप्रै अवसर पनि लुकेको भन्दै उनले आशावादी हुन पनि सबैमा आग्रह गरे । नेपाल बिस्तारै डिजिटल अर्थतन्त्रतर्फ उन्मुख रहेको, अनलाइन शिक्षाका लागि तयारी गरिएको, ई–कमर्स क्षेत्रको दायरा फराकिलो हुँदै गएको आदि कुराहरूले सम्भावनाका ढोकाहरू खोलिँदै गएको उनको भनाइ थियो ।

‘नेपालमा अब कृषिमा र कृषिजन्य उद्योगमा जोड दिनुपर्छ, उद्यमशीलताको अवसरबारे चर्चा गर्दै उनले भने, ‘हामीले लो भोलुम हाई भ्यालु’ हुने खालको उद्यममा लाग्नुपर्छ । हामीले अर्गानिक खेती गर्नुपर्छ भने उत्पादनमा ‘ह्यान्ड मेड’ कुराहरूमा जोड दिएर अगाडि बढ्नुपर्छ ।’

साँझ ५ बजेदेखि डेढ घन्टा ‘जुम’ सफ्टवेयरको प्रयोग गरी सम्पन्न भएको कार्यक्रममा सयजना प्रत्यक्ष सहभागी थिए भने प्रत्यक्ष प्रसारणबाट तीन सयजना लाभान्वित भएको बोस्टनका ‘एडमिन अफिसर’ कमल सुवेदीले जानकारी दिए । कार्यक्रमलाई बोस्टन कलेज, स्किल ल्याब र ग्लोबल आइएमईको फेसबुक पेजबाट एकैसाथ लाइभ प्रसारण गरिएको थियो ।