मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ बैशाख १८ बिहीबार १४:१९:००
Read Time : < 1 मिनेट
समाचार

कुटपिटबाट घाइते वडाध्यक्ष न्यौपानेलाई काठमाडौं रिफर 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ बैशाख १८ बिहीबार १४:१९:००

कालिकोट पचालझरना गाउँपालिका– १ का वडाध्यक्ष रत्नलाल न्यौपानेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बुधबार दिउँसो स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका वडाध्यक्ष न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि बिहीबार काठमाडौं रिफर गरिएको हो । 

बुधबार उपभोक्ता समिति गठनको विषयमा स्थानीय युवाले वडाध्यक्ष न्यौपानेलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष न्यौपानेको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेको र थप उपचारका लागि काठमाडौं लगिएको  न्यौपानेकी बुहारी दुर्गा न्यौपानेले बताइन् । 

घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय पचालझरनाले स्थानीय २० वर्षीय पारस न्यौपाने, २१ वर्षीय उमेश न्यौपाने, २२ वर्षीय तिलक न्यौपाने, २० वर्षीय जनक न्यौपाने र १९ वर्षीय कमल न्यौपानेलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम ओलियाले बताए । 

गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले दुर्व्यवहार र कुटपिटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । अध्यक्ष सेजुवालले यस्तो अपराधजन्य क्रियाकलाप हुने हाे भने जनप्रतिनिधिलाई जनताको काम गर्न गम्भीर असर पर्न गई सेवा प्रवाह नै प्रत्यक्ष प्रभाव पर्नेसमेत बताएका छन् ।