मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १८ बिहीबार १२:४१:००
Read Time : < 1 मिनेट
समाचार

एनआरएनएद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १८ बिहीबार १२:४१:००

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

गैरआवासीय नेपाली संघ दक्षिण कोरिया, चीन, हङकङ र मकाउले बिहीबार स्वास्थ्य तथा जनसंख्या मान्त्रालयमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले उक्त सामग्रीहरू स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उपलब्ध गराएका छन् । एनआरएनए रुद्र शर्माका अनुसार दक्षिण कोरियामा रहेका नेपालीले यसअघि पनि टेस्टिङ किट, पिपिईलगायतका सामग्री उपलब्ध गराएको थियो ।

बिहीबार फेरि तीन सय १० थान ज्वरो नाप्ने थर्मोमिटर, दुई हजार थान फेस सिल्ड, एन ९५ मास्क एक हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ग्लोब्स एक हजार थान, पिपिई गाउन दुई हजार थान उपलब्ध गराएको शर्माले बताए ।  यस्तै एनआरएनए चीनले ग्लोब्स ३० हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, एन ९५ मास्क एक हजार चार सय ५० थान उपलब्ध गराएको छ । यस्तै एनआरएनए मकाउ र हङकङले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि छिट्टै सरकारलाई उपलब्ध गराइने शर्माले बताए । 

एनआरएनएले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सजिलो वेलाभन्दा अप्ठ्यारो अवस्थामा साथ दिनेहरू नै भरपर्दो र नजिकको हुने भन्दै सहयोगका लागि धन्यवाद दिए । उनले उपलब्ध भएका स्वास्थ्य सामग्री पारदर्शी रूपमा प्रयोग हुने र त्यसको विवरण हेर्न सकिनेसमेत बताए । 

एनआरएनए दक्षिण कोरियाले एक व्यक्ति एक टेस्ट अभियानका साथ कोरियामा रहेका नेपाली नागरिकबाट रकम उठाई परीक्षण किट सहयोग गरेको छ । यस्तै आगामी दिनमा पनि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने एनआरएनएहरूले बताएका छन् ।