१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ बैशाख १८ बिहीबार १०:१६:००
Read Time : < 1 मिनेट
सप्तरंग

भारतीय चर्चित कलाकार ऋषि कपुरको निधन 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख १८ बिहीबार १०:१६:००

बलिउडका चर्चित कलाकार ऋषि कपुरको निधन भएको छ । ३ वर्षदेखि क्यान्सर रोगबाट पीडित कपुरको ६७ वर्षको उमेरमा आज (बिहीबार) बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा भर्ना भएका थिए । 

T 3517 - He's GONE .. ! Rishi Kapoor .. gone .. just passed away ..
I am destroyed !

— Amitabh Bachchan (@SrBachchan) April 30, 2020

उनको निधनको खबर अभिनेता अभिताभ बच्चनले ट्विट गर्दै दिएका छन् । बच्चनले ट्विटमा लेखेका छन्, ‘उनी गए, ऋषि कपुर गए..अहिले भर्खर बिते...म विक्षिप्त भएको छु !’ 

यस्तै भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले पनि उनको निधन भएको ट्विटर मार्फत पुष्टि गरेका छन् । उनले भारतीय सिनेमा जगतका लागि यो हप्ता निकै दु:खदायी भएको भन्दै कपुरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बुधबार मात्रै अर्का चर्चित कलाकार इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो । यी दुई कलाकारकाे निधनसँगै बलिउड शाेकमा डुबेकाे छ ।