मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १८ बिहीबार ०७:२४:००
Read Time : < 1 मिनेट
अर्थ

निम्बसकोे अनलाइन सपिङ वीरगन्जमा पनि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १८ बिहीबार ०७:२४:००

उपभोक्तालाई थप सुविधा दिने उद्देश्यले निम्बस समूहले आफ्नो उत्पादन तथा सेवा विस्तार गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को प्रकोपले मानिसहरू घरमै लकडाउनमा रहेको अवस्थामा केही समयअघि काठमाडौंमा अनलाइन सपिङ सुरु गरेको कम्पनीले यो सेवा वीरगञ्जमा पनि विस्तार गरेको छ । सेवालाई सहज र समयानुकूल बनाउन निम्बसले भुक्तानीका विभिन्न गेटवेहरूबाट अनलाइन भुक्तानी गर्ने व्यवस्थासमेत मिलाएको छ । 

निम्बसले सेवाग्राहीको सहजतालाई प्राथमिकतामा राख्दै न्यूनतम अर्डर अनिवार्यसमेत गरेको छैन । कम्पनीले आफ्ना कर्मचारीलाई मास्क, पिपिई, पन्जा, स्यानिटाइजरलगायत अनिवार्य गरेको छ भने शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कोभिड इन्स्योरेन्ससमेत गराएको छ ।