१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १७ बुधबार २१:०९:००
Read Time : < 1 मिनेट
राजनीति

नेकपा सचिवालय बैठक सकियो, थप गृहकार्य गरेर अर्को बैठक २० वैशाखमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १७ बुधबार २१:०९:००

नेकपा सचिवालय बैठक सकिएको छ ।

बैठकले आवश्यक तयारी र प्रस्ताव बनाएर सचिवालयको अर्को बैठक २० वैशाखमा बस्ने निर्णय लिएको छ । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेतृत्वबीच अनौपचारिक वार्ता हुने र अहिलेको आवश्यकतासँग मेल खाने गरी २० वैशाखमा बस्ने बैठकले सबै विषयमा निर्णय लिनेछ ।

पार्टीलाई एकताबद्ध गराउने र सामाजिक–आर्थिक रूपान्तरण प्रक्रिया अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिने उनले बताए । सचिवालय बैठकबाटै स्थायी कमिटीको बैठकको मिति तय हुनेछ ।

‘सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता र सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरूले माग गर्नुभएको पार्टीको स्थायी कमिटी बैठक र यससँग जोडिएको विविध पक्षमा गम्भीर विचार–विमर्श भयो ।  यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक प्रक्रिया अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक–आर्थिक रूपान्तरणको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ र आवश्यक प्रस्ताव तयार गर्नेछ । र, त्यही बैठकले नै माग भइआएको स्थायी कमिटीको बैठकको पनि टुंगो लगाउनेछ ।’