Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख १७ बुधबार १९:१८:००
Read Time : < 1 मिनेट
समाचार

रुपन्देहीको बेलहिया नाकामा होलबडी डिस्इन्फेक्सन मेसिन जडान

Read Time : < 1 मिनेट
२०७७ बैशाख १७ बुधबार १९:१८:००

रुपन्देहीको बेलहिया नाकामा होलबडी डिस्इन्फेक्सन मेसिन जडान गरिएको छ । खुला सिमानाका कारण भारतबाट कोरोना भित्रिन सक्ने जोखिम उच्च रहेको भन्दै लायन्स क्लब डिष्ट्रिक ३२५ बी– २ ले सीमानाका बेलहियामा डिस्इन्फेक्सन मेसिन जडान गरेको एरिया चिफ एडभाइजर विनोद खरेलले बताए ।

सीमामा व्यक्तिको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ भने सीमाबाट लुकिछिपी कोही नेपाल प्रवेश नगरून् भनेर एकले अर्कोलाई देख्ने गरी सशस्त्र प्रहरीले दिनरात गस्ती गरिरहेको छ । तर, मालबाहक सवारीका चालक, सहचालक प्रवेश गर्दा कोरोना पनि भित्रिने जोखिम उच्च रहेको भन्दै लायन्स क्लब डिष्ट्रिक ३२५ बी– २ को संयोजन र सबै लायन्स क्लबको सहकार्यमा डिस्इन्फेक्सन स्यानिटाइजर मेसिन जडान गरिएको हो ।

कोरोना संक्रमण जोखिम कम गर्न सीमामा साबुनपानीले हात धोएर र ज्वरो नापेर मात्र प्रवेश गर्न दिने व्यवस्था सुरुबाटै गरिएको थियो । तर, होलबडी डिस्इन्फेक्सन गर्ने मेसिन जडानसँगै थप ढुक्क हुन सकिने वातावरण बनेको सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले बताए ।

उक्त मेसिन सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गर्ने गरी जडान गरिएको लायन्स क्लब डिष्ट्रिक ३२५ बी– २ का को–सिफ्ट एडभाइजर नवराज न्यौपानेले बताए । मेसिन विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर दाङका युवा वैज्ञानिक मार्सल रोकाको टिमले बनाएको हो ।