Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ बैशाख १७ बुधबार १३:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री, सभामुख र अध्यक्ष संसद् भवनमा

संसदकाे वर्खे अधिवेशन आह्वान हुने संकेत

Read Time : < 1 मिनेट
२०७७ बैशाख १७ बुधबार १३:३४:००

बजेट अधिवेशन बोलाउने टुंगाे नभइरहेको वेला प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले बानेश्वरस्थित संघीय संसदको अवलोकन गरेका छन्।

बुधबार संघीय संसद् अवलोकन गर्नुअघि प्रधानमन्त्री र सभामुखको बालुवाटारमा भेटघाट पनि भएको थियो। भेटघाटका क्रममा अधिवेशन बोलाउने विषय, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषय, नीति तथा कार्यक्रममाथि छलफल भएको थियो।

आगामी अधिवेशनको तयारीका लागि प्रधानमन्त्रीले संसदको बैठकस्थलको अवलोकन गरेको बताइएको छ। प्रधानमन्त्रीले गएको बिहीबार बालुवाटारमा नेकपाका सांसदहरूसँगको भेटघाटमा पनि संसदलाई चाँडै अघि बढाउने बताएका थिए। संसद् सचिवालयले व्यवस्थापनको पाटोबारे सरकारलाई जानकारी गराइसकेको भन्दै उनले आफू यसमा गम्भीर रहेको बताएका थिए।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लम्बिरहँदा संसदको बर्खे अधिवेशन अन्याेलमा परिरहेको छ। कोरोनाको प्रभाव कहिलेसम्म पर्ने हो भन्नेबारे आकलन गर्न नसकिने भएकाले संसदको आगामी अधिवेशन पनि अनिश्चित बनेको छ।

संसदमा बर्खे अधिवेशनलाई पर्याप्त बिजनेस छ। १५ जेठमै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ। संसदमा ३८ वटा विधेयक प्रक्रियामा रहेका छन्। यस्ता काम बर्खे अधिवेशनले सम्बोधन गर्नुपर्ने भए पनि अन्याेल कायमै छ।

कोराेनाको असर संसदको पाँचौँ अधिवेशनमा पनि परेको थियो। प्रतिनिधिसभाको अन्तिम बैठक २९ फागुनमा बसेको थियो। त्यसपछिका दिनमा एक महिनाभन्दा बढी समय सूचना टाँसेर बैठक स्थगित गरिएको थियो भने २४ चैतमा सूचना टाँसेर नै अधिवेशन अन्त्य गरिएको थियो।