१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १७ बुधबार ०६:४३:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाटपद्वारा विभिन्न अस्पतालमा पिपिई बुथ हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १७ बुधबार ०६:४३:००

नेपाटप अर्गनाइजेसनले देशका विभिन्न अस्पतालमा पिपिई बुथ हस्तान्तरण गरेको छ । अर्गनाइजेसनले निर्माण गरेको पिपिई बुथ नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशको संयोजनमा विभिन्न ६ सरकारी अस्पताल एवं स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गरिएको छ ।

दोलखा, सिन्धुपाल्चोकको मेलम्ची र बाह्रबिसे, काभ्रेको पाँचखाल, धादिङको धादिङबेँसी र नुवाकोटको खरानीटारस्थित स्वास्थ्य संस्थाहरूलाई बुथ हस्तान्तरण गरेको अर्गनाइजेसनले जनाएको छ । 

कोरोना भाइरसका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको सन्दर्भमा कोरोना तथा अन्य संक्रामक रोगहरूको नमुना परीक्षणमा सहयोग पुग्ने गरी आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुथ निर्माण गरिएको अर्गनाइजेसनअन्तर्गतको सिद्धि विनायक इन्जिनियरिङ प्रालिका निर्देशक रूपक श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्यकर्मीलाई सुरक्षित रूपमा सम्भावित संक्रमित बिरामीको थ्रोट र स्वाब संकलन गर्न एवं भविष्यमा जुनसुकै संक्रामक रोगको पहिचानमा नमुना संकलनका लागि पिपिई बुथ उपयोगी हुने श्रेष्ठको भनाइ छ ।