मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १६ मंगलबार १५:३०:००
Read Time : > 1 मिनेट
सेयर बजार

वैशाख २८ देखि सेयरबजार खुलाउने तयारीमा बोर्ड र नेप्से 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १६ मंगलबार १५:३०:००

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले वैशाख २८ गतेदेखि सेयरबजार खुलाउने तयारीमा रहेको बताएका छन् ।

बोर्ड, नेप्से, ब्रोकर र सिडिएसी बसेर कसरी बजार खोल्न सकिन्छ त्यस विषयमा छलफल गरिरहेको बताए । कारोबार अवधि घटाएर, सर्किट ब्रेकर परिवर्तन गरेर, मेरो सेयर नवीकरण गर्नुपर्नेहरूको स्वतः नवीकरण गर्ने विषयमा छलफल भएको जानकारी उक्त कार्यक्रमा गराए ।

वैशाख १० गतेदेखि बन्द सेयरबजार यति लामो समयसम्म बन्द रहला भन्ने नसोचेको ब्रोकर संघका अध्यक्ष भरत नाराभाटले बताए । सोमबार नेप्सेले आफ्नो–आफ्नो क्षेत्रबाट काम गर्न सबै पक्षलाई निर्देशन दिएको साउदले बताए । लामो समयसम्म पुँजीबजार बन्द गर्न नहुने भन्दै उनले अब चैत २८ गतेबाट आंशिक रूपमा भए पनि बजार खुलाउने र त्यसका लागि सरकारसँग पनि राय मागेको बताए । 

उक्त कार्यक्रममा उपस्थित नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद पौडेलले एक महिनाभन्दा बढी बजार बन्द हुनु राम्रो नभएको भन्दै खुलाउनुपर्ने बताए । कारोना भाइरसले गर्दा लकडाउन यति धेरै लामो समयसम्म जाला भन्ने लागेको थिएन जसले बजार बन्द गर्न माग गरेका थियौँ । तर, लकडाउन लम्बिँदै गएकाले सेयरबजार अब बन्द गरिराख्न नहुने उनले बताए । उनले कारोबारको समय अवधि र सर्किट ब्रेकका सन्दर्भमा केही विचार गरेर भए पनि बजार खुलाउनुपर्ने बताए ।

हाल दिनमा १० प्रतिशतभन्दा तल वा माथि जाने सर्किट व्यवस्थालाई ५ प्रतिशतको सीमा तोकेर बजार खुलाउनुपर्ने पौडेलको प्रस्ताव छ । ‘बजार बन्द भएको लामो समय भइसकेका कारण लगानीकर्ताहरूले सेयरबजार खुलाउन माग पनि गरिरहेका छन्,’ उनले भने । कतिपय लगानीकर्ताको मेरो सेयर नवीकरण गर्नुपर्ने भएको छ । यस अवधिमा ब्रोकरले नवीकरण निःशुल्क गरिदिनुपर्ने माग उनले राखे । 

ब्रोकर एसाेसिएसनका अध्यक्ष भरत रानाभाटले समय घटाएर भए पनि कारोबार गर्ने तयारीमा सम्बन्धित निकाय सबै लागिपरेको बताए । ‘अहिले बजार बन्दले ब्रोकरको पनि खर्च बढेका कारण हामी व्यवसायी पनि समस्यामा परेका छौँ,’ उनले भने । हालका लागि ब्रोकर कार्यालयमा आवश्यक पर्ने कर्मचारीलाई  पास उपलब्ध गराएर खोल्नुपर्ने उनकाे भनाइ छ । समय घटाएर र सर्किट ब्रेकरको सीमा कम गरेर सबै ब्रोकर कार्यालयहरूमार्फत सेवा दिने गरी बजार खुलाउनुपर्ने उनको भनाइ छ । ।

सेयरबजार विज्ञ डा. गोपाल भट्टले सरकारले बैंक, बिमा, वित्तीय क्षेत्र अत्यावश्यकभित्र पारेर सेयरबजार नपारेकोमा यस क्षेत्रलाई प्राथमिकता नदिएको गुनासो व्यक्त गरेका छन् । अन्य मुलुकमा सेयरबजार खुलेको छ । नेपालमा मात्र बन्द हुनुको कारण सरकारले यस क्षेत्रलाई बेवास्ता गरेको उनले बताए । पुँजीबजारबाट राज्यलाई पनि कर जाने भएकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखी सेयर बजार खुलाउनुपर्ने उनको माग छ । बजार बन्द गराएर पहिले नै गल्ती भइसकेको भन्दै उनले अब भने चाँडोभन्दा चाँडो बजार खुलाउनुपर्ने बताए ।