१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १६ मंगलबार १४:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेतृत्वलाई शंकर पोखरेलको सुझाब - पार्टी एकता जोगाउन नेतृत्व गम्भीर र जिम्मेवार हुनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख १६ मंगलबार १४:०३:००

नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता जोगाउन नेतृत्वलाई गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन् । नेकपाभित्र शक्तिसंघर्ष चलिरहेका वेला विभिन्न आन्तरिक संवादमा सक्रिय मुख्यमन्त्री पोखरेलको यस्तो आग्रह आएको हो ।

मंगलबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘पार्टी एकताको मूलमर्म सहमति र सहकार्य हो । लाखौँ कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गम्भीर र जिम्मेवार हुने नै छ।’ 

नेकपा विवाद जटिल बन्दै गएपछि मुख्यमन्त्री पोखरेल शुक्रबार बुटवलबाट काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनले राजनीतिक भेटघाट सुरु गरेका थिए ।