मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ बैशाख १६ मंगलबार १३:४२:००
Read Time : < 1 मिनेट
विश्व

चीनमाथि गम्भीर अनुसन्धान गरिरहेका छौँ – ट्रम्प 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख १६ मंगलबार १३:४२:००

ह्वाइटहाउसमा सोमबार भएको प्रेस कन्फ्रेन्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस फैलाउन चीन जिम्मेवार रहेकाले आफ्नो प्रशासनले यसको गम्भीर अनुसन्धान सुरु गरेको बताएका छन् । 

उनले भनेका छन्, ‘हामी चीनसँग खुसी छैनौँ, सबै परिस्थितिबाट हामी खुसी छैनौँ, जहाँबाट यो सुरु भएको हो, त्यहीँ नै रोक्न सकिन्थ्यो ।’ उनले कोरोना भाइरसलाई चीनमै रोक्न सकिने र विश्वभर नफैलिने बताए । 

ट्रम्पले लगातार कोरोना भाइरसको महामारीका विषयमा चीनको आलोचना गर्दै आइरहेका छन् । उनले विश्वभर भाइरसको प्रकोप फैलिनमा चीन जिम्मेवार रहेको बताएका छन् । 

प्रेस ब्रिफिङमा बोलेका विषयलाई लिएर ट्रम्पको आलोचना भएपछि उनले दुई दिन प्रेस कन्फ्रेस रोकेका थिए । उनले पत्रकार सम्मेलनमै नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचन स्थगित नहुने पनि बताए ।  

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । झन्डै १० लाख संक्रमित छन् ।
 

किमको अवस्था थाहा छ

ट्रम्पले सोही प्रेस कन्फ्रेन्समा उत्तर कोरियाका नेता किम जोङ उनबारे आफूलाई राम्रोसँग थाहा भएको बताएका छन् । 

पछिल्ला केही साता किमबारे विभिन्न अड्कलबाजी भइरहेको समयमा ट्रम्पले भने, ‘म अहिले यसबारे ठ्याक्कै भन्न सक्दिनँ, तर मलाई राम्रोसँग थाहा छ, किम स्वस्थ रहुन् म यही प्रार्थना गर्छु, उनीसँग मेरो धेरै राम्रो सम्बन्ध छ ।’

किम अप्रिल ११ यता सार्वजनिक भएका छैनन् । उनको स्वास्थ्यलाई लिएर धेरै अनुमान गरिएको छ । दक्षिण कोरियाले भने उनी सकुशल र स्वस्थ रहेको दाबी गरेको छ ।