१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १६ मंगलबार १०:५१:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउन उल्लंघन गर्ने ११ सयलाई प्रहरी नियन्त्रणमा लियाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १६ मंगलबार १०:५१:००

कोरोना संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने ११ सय  ११ जनालाई प्रहरीले काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामा आठ सय ३१ जना पुरुष तथा दुई सय ८० जना महिला छन् ।

महानगरीय ट्राफिक महाशाखाले लकडाउन उल्लंघन गर्ने ९८ सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । गृह मन्त्रालयले सोमबार लकडाउन कडाइका साथ लागू गर्न ७७ बटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र  गरेको थियो ।गृह मन्त्रालयको निर्देशसँगै प्रहरीले आवतजावतमा थप कडाइ गरेको छ ।

लकडाउनका कारण समस्यामा परेकाहरू अहिलेसम्म घर फर्किसकेकाले अब भने लकडाउनलाई कडाइ साथ पालना गराउन गृह मन्त्रालयले निर्देशन दिएकाले थप कडाइ अपनाउन थालेको प्रहरी स्रोतले जनाएको छ ।