१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सोलुखुम्बु
२०७७ बैशाख १५ सोमबार २२:२८:००
Read Time : < 1 मिनेट
प्रदेश

सोलुखुम्बुको हिमाल एफएमले गर्‍याे अग्रभागमा खटिने पत्रकार र कर्मचारीको कोरोना बिमा

Read Time : < 1 मिनेट
सोलुखुम्बु
२०७७ बैशाख १५ सोमबार २२:२८:००

अग्रभागमा काम गर्ने पत्रकारहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेका बेला दुर्गम हिमाली जिल्लामा सञ्चालित हिमाल एफएमले आफ्ना पत्रकार तथा कर्मचारीको कोरोना बिमा गरेको छ । 

स्थलगत रिपोर्टिङ र जनसम्पर्कमा खटिरहनु पर्दा एफएममा कार्यरत पत्रकार÷कर्मचारीमा संक्रमणको जोखिम रहेको भन्दै बिमा गरिएको हो । 

एक वर्षे बिमा कार्यक्रममा कुनै पत्रकारलाई कोरोनाको पिसिआर परीक्षणमा पोजिटिभ देखिए बिमाबापत प्रतिब्यक्ति एक लाख रुपैँँया भुक्तानी दिइने छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीमार्फत १६ जना पत्रकारको बिमा गरिएको एफएमका अध्यक्ष निमा शेर्पाले बताए ।

अग्रभागमा काम गर्ने कर्मचारी र पत्रकारको सुरक्षा र जोखिमकाे उत्तरदायीत्व संस्थाले बहन गरेको एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले जानकारी दिए । २४ घण्टा प्रसारणमा रहेको एफएमले जनसम्पर्कको क्षेत्रमा काम गर्ने कर्मचारी र पत्रकारहरुको मात्र बिमा गरेको हो । बिमा बापतकाे प्रिमियम रकम एफएमले नै भुक्तनी गरेको प्रबन्ध निर्देशक निरौलाको बताए ।