मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख १५ सोमबार २१:३५:००
Read Time : < 1 मिनेट
अर्थ

कोरोनाको जोखिम रोक्न मुगुमा यार्सा संकलनमा रोक

Read Time : < 1 मिनेट
२०७७ बैशाख १५ सोमबार २१:३५:००

कोराना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको असर मुगुका यार्सा संकलकमा पनि परेको छ ।

प्रत्येक वर्ष वैशाख महिनाबाट जिल्लाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन गरिने भए पनि यो वर्ष कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले यार्सागुम्बा संकलनमा रोक लगाएको छ । स्थानीय तहहरूले पाटन तथा वन क्षेत्रमा प्रवेश निषेधसमेत गरेको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाको वडा नं. १, २ र ७ का दुई दर्जनभन्दा बढी पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनमा यो वर्ष गाउँपालिकाले रोक लगाएको भन्दै संकलक तथा खरिदकर्तालाई गाउँपालिकामा नआउन भन्दै गत शुक्रबार गाउँपालिकाले सूचना नै जारी गरेको छ । यो वर्ष गाउँपालिकाले यार्सागुम्बा संकलनमा रोक लगाएको मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले जानकारी दिए ।

मुगुम कर्मारोङमा छिमेकी जिल्लाहरू जुम्ला, हुम्ला, कालिकोट, बाजुरालगायत देशैभरबाट २०सौँ हजार यार्सा संकलक तथा खरिदकर्ता आउने गरेका थिए । गाउँपालिकाले पाटन प्रवेश शुल्कबापत संकलकहरूबाट लाखौँ रुपैयाँ राजश्व संकलन गर्ने गरेको थियो । त्यस्तै स्थानीयको पनि आम्दानीको मुख्य स्रोत यार्सा संकलन रहेको छ ।

यार्सागुम्बाको मूल्य एउटैको एक हजारसम्म पर्छ भने एक केजीको ४० लाख रुपैयाँसम्म पर्छ । ए, बी र सी ग्रेडिङ गरेर व्यापारीहरूले संकलकहरूबाट यार्सा खरिद गर्ने गर्दछन् । एउटा बुटीको ‘ए’ ग्रेडको एक हजार, बीको पाँच सय र सी ग्रेडको तीन सयसम्म पर्छ ।