१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७७ बैशाख १५ सोमबार १३:४८:००
Read Time : < 1 मिनेट
विश्व

किम जोङ उन स्वस्थ छन् : दक्षिण कोरिया

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख १५ सोमबार १३:४८:००

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जीवित र स्वस्थ रहेको दक्षिण कोरियाले जनाएको छ । 

दक्षिण कोरियाका सरकारी अधिकारीलाई उद्धृत गर्दै सिएनएनले किम जोङ उन जीवित र स्वस्थ रहेको उल्लेख गरेको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनका विदेश मामिला सल्लाहकार मुन चुङ इनले किम १३ अप्रिलदेखि वोन्सान क्षेत्रमा बस्दै आएको बताएका छन् ।

‘किम जोङ उन जीवित र स्वस्थ छन्, उनी अप्रिल १३ देखि वोन्सन क्षेत्रमा बसिरहेका छन्, त्यस्तो अरू कुनै शंकास्पद केही पत्ता लागेको छैन,’ मुनले सिएनएनसँग भने । किम १५ अप्रिलमा हजुरबुबाको जन्मदिनको उत्सवमा सहभागी नभएपछि उनको स्वास्थ्य अवस्थाबारे धेरै ‘हल्ला’ फैलिएको थियो । 

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार किम जोङ उन ११ अप्रिलमा भएको एक पोलिटब्युरो बैठकमा सहभागी भएका थिए । त्यसयता उनी सार्वजनिक रूपमा देखिएका छैनन् । 

किमको मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको स्वास्थ्य बिग्रिएको समाचार गत साता सिएनएनले प्रकाशित गरेको थियो । उत्तर कोरियाकेन्द्रित दक्षिण कोरियाको अनलाइन पत्रिका डेली एनकेले पनि अत्यधिक धूमपान, मोटोपन र कामको चापका कारण किमको मुटुमा समस्या आएपछि उपचार भइरहेको समाचार प्रकाशित गरेको थियो । 

बिहीबार किम जोङ उनको स्वास्थ्य अवस्थाबारे बुझ्न र उपचार गर्न चीनले चिकित्सकसहितको टोली उत्तर कोरिया पठाएको विभिन्न सञ्चारमाध्यामले उल्लेख गरेका छन् । तर, आधिकारिक रूपमा किमको अवस्थाबारे कुनै जानकारी सार्वजनिक भएको छैन ।