Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ०९:५९:००
Read Time : > 3 मिनेट
सेयर बजार

१.३० प्रतिशत बढ्यो नेप्से

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार ०९:५९:००

अनशनरत लगानीकर्तालाई लगानीकर्ताले नै साथ दिएनन्



साताको दोस्रो दिन नेप्से परिसूचक १ दशमलव ३० प्रतिशत बढेर बन्द भएको छ । मंसिर २३ गतेदेखि रिले अनशन बसेका लगानीकर्ताले यस दिनदेखि आमरण अनशन सुरु गरेका छन् । अनशन बसेका लगानीकर्ताले अन्य लगानीकर्तालाई कारोबार नगर्न अनुरोध गरेका थिए । यस दिन बजार खुलेको पहिलो आधा घन्टासम्म बजार कारोबार भएको थिएन । तर, सो समयपछि केही लगानीकर्ताले कारोबार गर्न थालेका थिए । कारोबार हुन थालेपछि अनशनरत लगानीकर्ताले नेप्सेमा नाराबाजी सुरु गरेका थिए । तर, यसका बाबजुत पनि लगानीकर्ताले सेयर कारोबार सुचारु राखेका छन् । रिले अनशन सुरु गरेको आठ दिन बितिसक्दा पनि लगानीकर्ताको माग पूरा नभएपछि अर्थमन्त्रीदेखि नेप्सेका सिइओसम्मको बर्खास्ती माग गर्दै लगानीकर्ताले सोमबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।

नेप्से परिसूचक यस दिन १५ दशमलव १७ अंक बढेर १ हजार १ सय ८२ दशमलव ७८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ९७ अंक बढेर २ सय ५१ दशमलव ६३ बिन्दुमा पुगेको छ । यस दिन १ सय ५९ कम्पनीको ३ हजार ६ सय ७० पटकको कारोबारमा ४२ करोड ३ लाख ५३ हजार ५ सय १५ रुपैयाँबराबरको १२ लाख ६० हजार ५ सय १८ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ५७ दशमलव ५१ बिन्दुमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

कारोबार रकमका आधारमा यस दिन पनि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ४ करोड ८३ लाख १३ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन ग्लोबल आइएमई बैंकको संस्थापक सेयर अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा एनएमबी बैंक लिमिटेड अगाडि रहेको छ । ग्लोबल आइएमई बैंकको यस दिन १ लाख ९७ हजार ५ सय ९७ कित्ता संस्थापक सेयर किनबेच भएको छ भने एनएमबी बैंकको २ सय ६७ पटक सेयर कारोबार भएको छ ।

मिर्मिरे लघुवित्त, कालिका लघुवित्त, पूर्णिमा विकास बैंक र आरम्भ माइक्रो फाइनान्सको सेयर मूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ । कालिका पावर कम्पनी, ग्लोबल आइएमई समुन्नत स्किम–१, स्वदेशी लघुवित्त, राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर र अरुण काबेली पावरको सेयर मूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ । कारोबारमा आएका १ सय ५९ कम्पनीमध्ये यस दिन १ सय १४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

सोमबार कारोबारमा आएका व्यापार समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । यस दिन निर्जीवन बिमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव २ प्रतिशत बढेको छ । त्यसैगरी, जीवन बिमा समूहको परिसूचक ३ दशमलव ७१ प्रतिशत, लघुवित्त समूहको परिसूचक ३ दशमलव शून्य ८ प्रतिशत, उत्पादनमूलक समूहको परिसूचक १ दशमलव शून्य ५ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ८८ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ५९ प्रतिशत, जलविद्युत्् समूहको शून्य दशमलव ४५ प्रतिशत, अन्य समूहको शून्य दशमलव २ प्रतिशत, वित्त समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र होटेल समूहको शून्य दशमलव शून्य ४ प्रतिशत बढेको छ । कारोबारमा आएको व्यापार समूहको परिसूचक भने यस दिन १ दशमलव २६ प्रतिशत घटेको छ । 


 एनएमबीको साधारणसभा
एनएमबी बैंक लिमिटेडले पुस २६ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा तेइसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागिसहित) वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस १० गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

 मेरो माइक्रो फाइनान्सको नाम परिवर्तन
मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाम परिर्वतन गरेको छ । परिवर्तनपश्चात् कम्पनीले मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार गर्नेछ । कात्तिक ९ गते सम्पन्न छैटौँ वार्षिक साधारणसभाले सो नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ ।

 मिसनको साधारणसभा
मिसन डेभलपमेन्ट बैंक लिमिटेडले पुस २६ गते दरबार लन प्रालिको सभाहल, रुपन्देहीमा नवौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा ११ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि ३० लाख ६ हजार ३ सय ५९ दशमलव शून्य ५ रुपैयाँ नगद लाभांश वितरण गर्ने, सञ्चालकको निर्वाचन, बैंकको कार्यक्षेत्र विस्तार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

 आरम्भको साधारणसभा 
आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले पुस २४ गते पञ्चकन्या ब्यांक्वेट, काभ्रेपलाञ्चोकमा चौथो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १० बराबर ७ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

सप्तकोसीको साधारणसभा
सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडले पुस २८ गते उद्योग संगठन मोरङ, विराटनगरमा छैटौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा ३ प्रतिशत बोनस सेयर, ५ दशमलव शून्य ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्जर अथवा एक्विजिसन र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

 चौतारीको आइपिओ बाँडफाँड
चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २८ गते आइपिओ बाँडफाँड गरेको छ । कम्पनीले मंसिर १९ गतेदेखि २३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको ५ लाख ६० हजार ७ सय कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड गरेको हो । कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सानिमाको नगद लाभांश वितरण
सानिमा बैंक लिमिटेडले पुस १ गतेदेखि १४ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको छ । बैंकले मंसिर १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरूको खातामा सो नगद लाभांश जम्मा गरेको हो । मंसिर २७ गते सम्पन्न बैंकको साधारणसभाले सो नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।