मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १५ सोमबार ०६:२५:००
Read Time : < 1 मिनेट
अर्थ

मेगा बैंकका ग्राहकलाई स्वास्थ्य सेवा र औषधिमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १५ सोमबार ०६:२५:००

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधि प्रदान गर्ने भएको छ । ग्राहकले बैंकको डेबिट र क्रेडिट कार्ड वा मेगा स्मार्ट बैंकिङमार्फत भुक्तानी गर्दा १२ प्रतिशत छुट पाउने भएका हुन् । 

सम्झौताअनुसार इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवा दिने तथा औषधि पु-याउनेछ । यसका लागि बैंक र इजी केयरले उपलब्ध गराएको फोन नम्बर वा वेबसाइटमार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

देशव्यापी लकडाउनका कारण बिरामीलाई स्वास्थ्य सेवा दिन तथा औषधि खरिद गर्न समस्या नहोस् भन्ने उद्देश्यले मेगा बैंकले इजी केयरसँग सम्झौता गरेको जनाएको छ ।