१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मनिष खड्का रुकुम पश्चिम
२०७७ बैशाख १४ आइतबार १८:३९:००
Read Time : < 1 मिनेट
समाचार

हत्या आरोपमा दुई बालक प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
मनिष खड्का रुकुम पश्चिम
२०७७ बैशाख १४ आइतबार १८:३९:००

रुकुम पूर्वमा युवतीको हत्या आरोपमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुथाउत्तरगंगा गाउँपालिका– ८, खराङकी २२ वर्षीया दिलकुमारी सेनको हत्या गरेको आरोपमा शनिबार सोही ठाउँका १५ र १६ वर्षका दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुई बालकले दाउराका लागि रूख ढाल्ने क्रममा वनबाट दाउरा लिएर घर फर्कंदै गरेकी सेनलाई रूखले च्यापेको थियो ।

शनिबार साँझ जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा सेनको मृत्यु भएपछि अनुसन्धानका लागि दुवै बालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले बताए । घटनाको अनुसन्धानका लागि उनीहरूलाई आइतबार जिल्ला अदालतमा पेस गरी पाँच दिनको म्याद थप गरिएको उनले बताए ।

दुवैजना १८ वर्षमुनिका भएकाले प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । उनीहरू बालक भएकाले बाल इजलासमा सुनुवाइ हुने पनि प्रहरीले जनाएको छ ।