१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ बैशाख १४ आइतबार १३:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

गणितले राजनीतिको हाेइन, राजनीतिले गणितको फैसला गर्छ : बाँस्कोटा

Read Time : < 1 मिनेट
२०७७ बैशाख १४ आइतबार १३:५८:००

नेकपाभित्र बहुमत–अल्पमतको चर्चा भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक नेताले अब गणितले नभई राजनीतिले गणितको फैसला गर्ने टिप्पणी गरेका छन्। 

नेकपामा बहुमत स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गरेको तथा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको राजीनामा मागेकै वेला ओलीनिकट नेता गोकुल बाँस्कोटाले पार्टीभित्रको अंकगणितको कुनै अर्थ नरहेको बताएका हुन्। उनले नेकपामा ओलीविनाको चित्र कस्तो होला भनेर ओलीबाहेक अन्य समूहका नेताहरूलाई प्रश्न गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरूले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनीतिको हाेइन, राजनीतिले गणितको फैसला गर्छ। तिनाउको किनारमा रामापिथेकसको नलीहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाडौंमा बस्ती नै बसाउन सक्ने थिएनन्।’

७० करोड घुस अडियो प्रकरण विवादमा तानिएपछि नेता बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा गरेका थिए। नेकपामा उनी ओलीका विश्वासपात्र मानिन्छन्।