मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १४ आइतबार ०८:५०:००
Read Time : < 1 मिनेट
अर्थ

मेगा बैंकका ग्राहकलाई फुडमान्डुको सेवामा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १४ आइतबार ०८:५०:००

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले लकडाउनका वेलामा पनि घरमै बसेर फुडमान्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् ।  बैंकले फुडमान्डु डटकमसँग गरेको सम्झौताअनुसार दैनिक अत्यावश्यक किराना सामग्री घरमै उपलब्ध गराउने भएको छ । 

सहमतिसँगै ग्राहकले फुडमान्डुको अनलाइन सेवाबाट सामान अर्डर गरी घरमै डेलिभरी लिन सक्नेछन् । ग्राहकहरूले मेगा स्मार्ट क्युआर कोडबाट रकम भुक्तानी गरी १० प्रतिशतसम्म छुटसमेत पाउने बैंकले जनाएको छ ।

देशव्यापी लकडाउनको विषम परिस्थितिमा ग्राहकलाई सुविधा दिने उद्देश्यले किराना डटकम र औषधिका लागि केन फार्मेसीसँग सम्झौता गरिसकेको छ । साथै, विभिन्न सेवा प्रदायकहरूसँग सहकार्य गरी लकडाउनमा पनि ग्राहकलाई अतिरिक्त सेवा र सुविधाहरू प्रदान गराउने बैंकले जनाएको छ ।