१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १४ आइतबार १०:२६:००
Read Time : < 1 मिनेट
अर्थ

बाँकेका सय विपन्न परिवारलाई हिमालयन बैंकको राहत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १४ आइतबार १०:२६:००

हिमालयन बैंकले कोरोनाका कारण कामविहीन भएका विपन्न मजदुर वर्गलाई राहत वितरण रेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाका १ सय मजदुर परिवारलाई खाद्यान्न प्रदान गरेको हो । 

बैंकले विपन्न परिवारलाई आवश्यक पर्ने चामल, दाल, नुन, तेलजस्ता खाद्यान्न वितरण गरेको जनाएको छ । बैंकका बाँके शाखा प्रबन्धक भरत भुसालले गाउँपालिका अध्यक्ष श्री लहुराम थारूको उपस्थितिमा गाउँपालिका कार्यालयलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले यसअघि नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको थियो । यसका साथै बैंकले धनगढी उपमहानगरपालिकामा पनि राहतस्वरूप खाद्यान्न वितरणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । 

यसैबीच बैंकले हालको विषम परिस्थितिमा ग्राहकहरूको सुविधालाई मध्यनजर गरी विभिन्न स्थानका आफ्ना शाखा निश्चित समयका लागि खोली बैंकिङ कारोबारलाई सुचारु राखेको जनाएको छ ।